काठमाडौं । विकल्प श्रेष्ठ मिस्टर नेपाल २०१८ घोषित भएका छन् । होटल अन्नपूर्णमा सम्पन्न फेनचाईजि शो बाट विकल्प मिस्टर नेपाल घोषित भएका हुन् । "/>

विकल्प श्रेष्ठ बने मिस्टर नेपाल २०१८, हात पारे सुजुकी बाईक

विकल्प श्रेष्ठ बने मिस्टर नेपाल २०१८, हात पारे सुजुकी बाईक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विकल्प श्रेष्ठ मिस्टर नेपाल २०१८ घोषित भएका छन् । होटल अन्नपूर्णमा सम्पन्न फेनचाईजि शो बाट विकल्प मिस्टर नेपाल घोषित भएका हुन् । उनले सुजुकी बाईक जितेका छन् ।

यो शो नेपालमा २०१० बाट एक्पोस नेपालले आयोजना गर्दै आएको छ । १८ जनालाई पछि पार्दै विकल्प ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्येका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै बिजेता बन्न सफल भएका हुन्।

प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेन इन्टरनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए।

त्यस्तै सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए ।

Skip This
Skip This
Logo