काठमाडौँ। ख्यातिप्राप्त हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि जोश भएका र होश भएका व्यक्तिहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बालबालिकाको डान्स रियालीटी शो नेशन्स् गट ट्यालेन्टः राष्ट्रको प्रतिभा, सिजन २ मा अतिथिका रूपमा सहभागी श्रेष्ठले प्रहरीको भूमिका र जेनजी आन्दोलनका घटनाबारे बालबालिकाको प्रस्तुत नृत्यपछि आंशु छलकाउँदै बोले। उनले प्रहरी बिना समाज र देश अगाडि बढ्न नसक्ने बताएका छन्।
श्रेष्ठले भने, “अब चुनावबाट आउनेहरु जोश हुनेहरूसँग होश नहुने, होश हुनेसँग जोश नहुने हुन सक्छ । होश र जोश मिलेर अघि बढ्न सके राम्रो परिणाम आउनेछ।”
कार्यक्रममा सहभागी अभिनेत्री मिथिला शर्मा र नीता ढुंगानाले प्रहरीको भूमिका र नृत्यको मानविय पक्षको तारिफ गर्दै प्रस्तुति प्रभावकारी रहेको बताए।
श्रेष्ठले नृत्यमा आफैं संलग्न नहुनुमा पछुतो व्यक्त गर्दै प्रतियोगीहरूको प्रस्तुति देखेर प्रभावित भएको बताए। उनले सानामाथि टिप्पणी गर्दै ७ वर्षिय प्रतिस्पर्धी एरोन रिजाल र पासाङ ल्हामु शेर्पाको प्रस्तुति अत्यन्त उत्कृष्ट भएको स्मरण गरे।
शो नेशन्स् गट ट्यालेन्टः राष्ट्रको प्रतिभा, सिजन २ हरेक आईतवार साँझ स्पेस फोके टेलिभिजन र ओएसआर युट्युब च्यानलमा प्रसारण भइरहेको छ।































प्रतिक्रिया