लाफा दाइको २८ वर्षे आर्ट व्यवसायः नाम र दाम दुवै प्रयाप्त

लाफा दाइको २८ वर्षे आर्ट व्यवसायः नाम र दाम दुवै प्रयाप्त

केन्द्रबिन्दु
36
Shares

खोटाङ। रावाबेँसी–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले २८ वर्षदेखि आर्ट व्यवसाय गर्दै आएका छन्। उनलाई ‘लाफा दाइ’ नामले चिनिन्छ।

भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा ‘लाफा आर्ट’ व्यवसाय सुरु गरेका थिए । सुरुमा भाडाको कोठा र केही सामग्रीसहित सुरु भएको व्यवसाय अहिले मासिक ८० हजारदेखि १ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। उनले आर्ट फर्ममा रु चार करोडभन्दा बढी लगानी गरेका छन् र आफ्नै घर पनि किनेका छन्।

उनको फर्मले ब्यानर, भित्ते लेखन, थ्रीडी बोर्ड, डिजिटल बोर्ड, निओन बोर्ड, टी–सर्ट र प्रिन्ट सेवा उपलब्ध गराउँछ। सेवाग्राही बिहानदेखि राति सम्म आउने गर्छन्। उनकी पत्नी रेनुका पनि व्यवसायमा सहयोगी छन्।

भोजबहादुर विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन्। सरकारी कार्यालय र सार्वजनिक स्थलमा लाफा आर्टका ब्यानर र बोर्ड देख्न सकिन्छ ।

भोजबहादुर आर्ट व्यवसायसँगै प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन्। उनका चेलाहरु जिल्ला र अन्य ठाउँमा आ–आफ्नो व्यवसाय सुरु गरेका छन्।

भोजबहादुरले आर्ट व्यवसायबाट छोराछोरीको शिक्षा र घर व्यवस्थापन गर्न सफल भएका छन्। जेठी छोरी सीमा नर्सिङ, कान्छी सन्ध्या कक्षा १२ मा अध्ययनरत छन् र छोरा सस्टिन कक्षा ७ मा छन्।

उनले साकेला पार्कमा विभिन्न जातजातिको चित्र बनाएर स्थानीय पर्यटन र सार्वजनिक स्थलमा योगदान दिएका छन्। उनका चेलाहरु किशोर राई (‘रानोहँछा आर्ट’) र लक्ष्मण राई (‘दुमी आर्ट’) पनि व्यवसाय गर्दै आएका छन्।

Skip This
Skip This
Logo