प्रदर्शनरत नेपाली चलचित्रको कमाइ सार्वजनिक,कस्ले कति कमाए ?

प्रदर्शनरत नेपाली चलचित्रको कमाइ सार्वजनिक,कस्ले कति कमाए ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले फागुन ९ गतेसम्मको कारोबार विवरण सोमबार सार्वजनिक गरेको हो।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ ले हालसम्म रु ११ करोड २४ लाख ६ हजार ९६९ कमाइ गरेको छ। चलचित्रका लागि चार लाख २३ हजार १११ टिकट बिक्री भएका छन्।

माघ २३ गतेदेखि प्रदर्शनमा आएको ‘कुमारी’ ले रु ६३ लाख २४ हजार ७१ कमाइ गरेको छ। यसका लागि १९ हजार ३७९ टिकट बिक्री भएका छन्।

सोही मितिदेखि प्रदर्शनमा आएको ‘रमिताको पिरती’ ले रु २५ लाख ५५ हजार ८३ कमाइ गरेको छ। चलचित्रका लागि सात हजार ८०३ टिकट बिक्री भएका छन्।

फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘श्री बुकुरो’ ले रु दुई लाख ७२ हजार ९३० कमाइ गरेको छ। यसका लागि ८०५ टिकट बिक्री भएका छन्।

‘शिवांश : च्याप्टर १’ ले रु दुई लाख ६१ हजार ७५० कमाइ गरेको छ । चलचित्रका लागि ७८७ टिकट बिक्री भएका छन्।

‘बिगुल’ ले रु आठ लाख ९७ हजार ४१० कमाइ गरेको छ। यसका लागि दुई हजार ६०९ टिकट बिक्री भएका छन्।

फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीनै चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन्। चलचित्र विकास बोर्डले केही महिनादेखि स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण प्रत्येक सोमबार सार्वजनिक गर्दै आएको छ ।

Skip This
Skip This
Logo