मिस तामाङको उपाधि रामेछापकी कविता तामाङलाई

मिस तामाङको उपाधि रामेछापकी कविता तामाङलाई

केन्द्रबिन्दु
0
Shares

उमा आलेमगर
पोखरा, बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौं मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जित्न सफल भएकी छिन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजार प्राप्त गरेकी छिन् । कविताले मिस ट्यालेण्टको सबटाईटल पनि जित्न सफल भईन् ।

त्यसैगरि फष्ट रनरअप काठमाण्डौंकी सुस्मिता गोले तामाङ बन्न सफल भइन् भने सेकेण्ड रनरअप पोखराकै अमिता लामा भईन् । उनीहरु दुवैले क्रमश: नगद २० हजार र १५ हजारको साथमा क्राउन र ट्रफी प्राप्त गरे । सुस्मिताले पब्लिक च्वईस र कन्फिडेन्ट र अमिताले फोटो जेनिकको सबटाईटल पनि प्राप्त गरिन् । प्रतियोगितामा भियोर च्वईसको उपाधि सोनी तामाङ्गले प्राप्त गरिन् । उनले नगद १० हजार सहित क्राउन र ट्रफी प्राप्त गरिन् । साथै उनले ब्यूटी विथ प्रपोज सबटाईटल पनि प्राप्त गरिन् ।

मालेपाटनकी निलम तामाङ मिस कल्चर, काठमाण्डौ्र बालाजुकी मोनिका तामाङ मिस फ्रेण्डली, नयाँबजारकी ओमिशा घिसिङ मिस बेष्ट स्किन, याम्दीकी लक्ष्मी गोम्जा तामाङ वेष्ट हेयर, रत्नचोककी शशी तामाङ्ग मिस ब्यूटीफूल, मालेपाटनकी बिष्णु मोक्तान मिस डिसिप्लिन, सिम्पानीकी सोनाम बम्जन वेष्ट स्माईल, फुलबारीकी सुस्मिता तामाङ्ग बेष्ट वाक, लालीगुराँस टोलकी पनिता तामाङ मिस अर्गनाइजर च्वाईस, लेकसाइड इशिका तामाङ बेष्ट पर्सनालिटी, मालेपाटनकी सेलिना मोक्तानले बेष्ट पर्फमरको सबटाईटल प्राप्त गरे ।
युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको ब्यक्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

Skip This
Skip This
Logo