काठमाडौंका महिलालाई सडकमा कुदाउन आएको हुँ – मिलिन्द सोमन (भिडियोमा समेत)

काठमाडौंका महिलालाई सडकमा कुदाउन आएको हुँ – मिलिन्द सोमन (भिडियोमा समेत)

केन्द्रबिन्दु
0
Shares

भारतीय अभिनेता तथा मोडल मिलिन्द सोमन यतिबेला नेपालमा छन् । आउँदो फेब्रुवरी २४ मा हुने ‘पिंकाथन काठमाडौं २०१८’को लागि उनि नेपाल आएका हुन । उनी भन्छन् –‘महिलाको सौन्दर्य उनको स्वास्थ्यमा छ । यही मुल मन्त्र लिएर गत वर्ष बैंग्लोर, कोलकाता, मुम्बई, दिल्ली, हैदराबाद, पुने, चेन्नाई र गुवाहाटी गरी भारतका आठ ठूला सहरका ८० हजार महिलालाई उनले घरबाट बाहिर ल्याई सडकमा कुदाए ।

महिलालाइ कसरी बढी भन्दा बढी हेल्थ कन्सस बनाउने, पिंकाथनको पहिलो र मुख्य उदेश्य यहि नै हो । महिलाले आफ्नो फिगरको ख्याल जहिलेपनि राख्नुपर्छ भन्ने सोमनको मान्यता छ । भारतमा एकदमै ठूलो इभेन्टको रुप लिएको पिंकाथनले नेपालमा पनि सोही बाटो समाउनेमा सोमन ढुक्क छन् । उनि भन्छन् –‘शारीरिक व्यायामलाई जीवनशैलीकै एक हिस्सा बनाउनु स्वस्थ हुनु हो भन्ने चेतना पुरुषहरुमा पनि आएको छैन भने महिलामा त झनै कम छ ।

सन् २०१२ मा मुम्बईमा पहिलो पिंकाथन आयोजना भएको थियो जसमा २ हजार भारतीय महिला सहभागि भएका थिए । उनको यो अभियानले निकै ठूलो प्रशंसा पाएपछि भारतका अरू सहरमा पनि सोमनलाई बोलाइयो । यो एउटा म्याराथन दौड हो, जसमा सबै उमेरका महिलाले भाग लिन पाउने छन् । यस्मा ३, ५, १० र २१ किलोमिटरको दौड हुने छ ।
फेब्रुअरीको २४ मा हुने पिंकाथनमा जुनसुकै उमेरका महिला सहभागी हुन सक्नेछ । यत्ति हो, १३ वर्षभन्दा कमका किशोरी र बालिका आए भने उनीहरूका साथ तिनका अभिभावक पनि दौडिनुपर्नेछ ।

रुल्स–प्यारके सुपरहिट फर्मुला, बाजिराओ मस्तानी, भ्याली अफ फ्लावर, अग्नि वर्षाजस्ता दर्जनौं सिनेमा दिइसकेका सोमनलाई हेल्थ कन्सस महिलाहरु दौडमा सहभागी भएको देख्दा खुसी लाग्छ । दौडमा सहभागी हुन चाहनेले ६ सय रुपैयाँ तिर्नुबाहेक अरू केही गर्नुपर्दैन । यो रकमबाट सहाभागीलाई टिसर्ट र खाजाको प्याकेट उपलब्ध गराइने नेपाली आयोजक नमराज जोशीले केन्द्रबिन्दु टिभीलाई बताए । भारतमा पिंकाथनको व्यवस्थापन युनाइटेड सिस्टर्स अर्गनाइजेसनले गर्दै आएको छ भने नेपालमा यसको व्यवस्थापन उक्त अर्गनाइजेसनसँग मिलेर लिजर पोर्टलले गर्दै आएको छ ।

प्रस्तुत छ, अभिनेता मिलिन्द सोमन र नेपालका लागि पिंकाथनका आयोजक नमराज जोशीसँग केन्द्रबिन्दु टिभीले गरेको कुराकानी – 

 

Logo