हाँस्यकलाकार मनोज गजुरेल र मीना ढकालले गरे सम्बन्ध बिच्छेद

हाँस्यकलाकार मनोज गजुरेल र मीना ढकालले गरे सम्बन्ध बिच्छेद

केन्द्रबिन्दु
0
Shares

हाँस्यकलाकार मनोज गजुरेल र उनकी पत्नी मीना गजुरेलको सम्बन्ध विच्छेद भएको छ । गजुरेल दम्पति यही पुस ११ गते कानुनी रुपमा अलग भएका हुन् ।

सम्बन्धल विच्छेदको समाचार उनीहरुले सार्वजनिक गरेका छैनन् । केन्द्रबिन्दुसँगको कुराकानीमा मनोजले सम्बन्ध बिच्छेद भएको स्वीकार गर्दै भने –‘हामीले हाम्रो सम्बन्धको ‘ह्पाप्पी इण्डीङ’ गरेका छौं ।’

मनोज र मीना दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग भएका हुन् ।

मनोजसँग सम्बन्ध बिच्छेद गरे लगत्तै मीनाले बुटिक सञ्चालन सुरु गरेकि छन् । उता मनोज पनि सम्बन्ध बिच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन । मनोज केही समय हसाउँनका लागि ओमान र बहराइन जाँदैछन ।

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध बिच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभ चिन्तक पनि आश्चर्यमा परेका छन ।

पछिल्लो समय सेलिब्रेटीहरुको सम्बन्ध विच्छेदले तिब्रता पाएको छ । एक आपसमा विचार नमिल्नु, एकले अर्कालाई भरपुर समय दिन नसक्नु जस्ता कारणले सम्बन्ध विच्छेद भएका हुन् । मनोज गजुरेल यसैको पछिल्लो समाचार बनेका हुन् ।

Logo