केन्द्रबिन्दु संवाददाता । काभ्रे, १२ भदौ ।
मिस काभ्रे २०१७ को नवौं संस्करणको तयारी क्रममा प्रतियोगी सुन्दरीहरुले बृद्धाश्रमलाई सहयोग गरेका छन् । बैद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभे्रका युवतीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता सञ्चालन भैरहेको छ ।
राज फैंजुको कोरियोग्राफी र रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा मिस काभ्रेको आयोजना गरिएको हो ।
नवांै बर्षको संस्करण रहेको मिस काभ्रे २०१७ मा उत्कृष्ठ ठहरिएका १० जना प्रतिस्पर्धीहरु वीच यही भाद्र ३१ गते फाइनल राउण्ड काभ्रेको बनेपा स्थित अरनिको सभा भवनमा हुने भएको छ ।
प्रतियोगितामा सहभागीहरुलाई एक्टिङ, डान्स, व्यक्तित्व विकास र स्टेज पर्फमेन्स जस्ता क्लासहरु दिइरहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज फैजुले जानकारी दिए ।

यसैगरी गत शनिबार काठमाडौंको गोंगबु स्थित मानवसेवा आश्रममा मिस काभ्रे २०१७ का प्रतियोगीहरुका साथै आयोजक टिमले लत्ताकपडालगायतका सामग्रीहरु हस्तान्तरण गर्दै उनीहरुलाई संयुक्त रुपमा खाना खुवाएर मनोरञ्जन पनि प्रदान गरेका थिए ।
.jpg)





























प्रतिक्रिया