हितैषीकी श्रीमतीसँगको सेक्स–भिडियो लिक भएपछि

हितैषीकी श्रीमतीसँगको सेक्स–भिडियो लिक भएपछि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २६ साउन ।

डब्लुडब्लुई रेस्लिङ रिङमा प्रख्यात तर निजी जीवनमा बदनाम व्यक्ति हुन्, हल्क होगन । डब्लुडब्लुईका यी चर्चित रेस्लर सेक्स टेपका कारण बदनाम छन् । घटना २००५ को हो । त्यसबेला एक वेबसाइटमा उनको सेक्स टेप चुहिएको थियो । लाजमर्दो त के भने, त्यो सेक्स टेपमा उनले तिनै महिलासँग यौनलीला देखाएका थिए, जो आफ्नै साथीकी पत्नी थिइन् ।
आफ्नो हितैषी डिजे बबाकी पत्नी हैदर क्लिमसँग अन्तरंग सम्बन्ध जोडेको भिडियो सार्वजनिक भएसँगै उनको नियतमा कालो पोतिएको हो ।

यस सेक्स टेपको विषयमा २०१६ मा अदालतले अन्तिम फैसला सुनायो । यससँगै अन्य आश्चर्यलाग्दो तथ्य खुलासा भयो । यो सेक्स टेप तिनै हैदरका पति डिजे बबा र अर्को साथीले बनाएका थिए । र, उनीहरूले नै सार्वजनिक गरिदिएका थिए ।

जब हैदर अदालतमा पुगिन्, तब उनले आफ्नो पतिले परपुरुषसँग आफूलाई यौन सम्बन्ध बनाउन दबाब दिने खुलासा गरिन् । रेस्लर होगनको कोठामा आफूलाई पठाउनका लागि पनि पतिले अह«ाएको उनले बताएकी छिन् । तर उनलाई थाहा थिएन, रेस्लरसँगको यो सम्बन्धलाई आफ्नै पतिले फिल्मांकन गरिरहेका छन् ।

यो मुद्दामा हैदरका पति डिजे बबा र उक्त वेबसाइटले भारी मूल्य चुकाउनुप¥यो । उनीहरूले लगभग एक सय १७ मिलियन डलर्स हर्जाना तिर्नुप¥यो, रेस्लरलाई । अदालतका अनुसार भिडियो टेप लिक भएपछि रेस्लर होगनले आर्थिक क्षति ब्यहोर्नुका साथै डिप्रेसन रोगको पनि सामना गर्नुपरेको थियो । (एजेन्सी)

Skip This
Skip This
Logo