अमिषाको यस्तो हर्कतले पार्टी छाडेर हिँडे रणवीर

अमिषाको यस्तो हर्कतले पार्टी छाडेर हिँडे रणवीर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २५ साउन ।

अमिषा पटेल अहिले फिल्मी जीवनबाट विश्राममा छिन् । अर्थात्, उनको हातमा कुनै प्रोजेक्ट छैन । यद्यपि केही न केही कारणले उनी लाइमलाइटमा रहन्छिन् नै । निजी जीवन, ब्रेकअप, पारिवारिक झगडाले उनलाई चर्चामा ल्याउँछ । यसपाली पनि त्यस्तै चर्चामा घेरिएकी छिन्, अमिषा ।

अमिषा अहिले केवल बलिउड पार्टीमा देखिन्छिन् । पार्टीमा गएर फोटो क्लिक गर्नका लागि बलिउड सेलिब्रेटीलाई दबाब दिन्छिन् । यही कारण उनीबाट सेलिब्रेटीहरू दिक्क मान्ने गरेका छन् ।

हालै उनले त्यस्तै हर्कत गरिन्, एक पार्टीमा । उनको हर्कतले आगन्तुकलाई समेत लज्जित तुल्यायो । यसपटक उनले रणवीर कपुरलाई यति दुःख दिइन्, रणवीरले पार्टी नै छाडेर जानुप¥यो ।

खबर अनुसार उनीहरू एउटै पार्टीमा थिए । अमिषा रणवीरसँग निजी स्थानमा गएर कुरा गर्न खोजिरहेकी थिइन् । अमिषाले रणवीरलाई पटक पटक अन्तै जानका लागि कर गरिरहेकी थिइन् । रणवीरले सम्झन सकेका थिएनन्, अमिषाले उनीसँग के कुरा गर्ने हो ?

अति भएपछि रणवीर चुपचाप पार्टीबाट बाहिरिए । पछिल्लो पटक रणधीर कपुरको ७०औं जन्मदिनको भोजमा पनि अमिषाले यस्तै हर्कत गरेकी थिइन् ।

Logo