एजेन्सी २२ असार २०७४ ।
बलिउड अभिनेता शाहरूख खानका फिल्म हेर्न मात्रै होइन, मुम्बईस्थित उनको घर हेर्न पनि समर्थकहरूको भीड लाग्छ । उनको घर मुम्बईको बान्द्रास्थित लोकप्रिय पर्यटकीय ठाँउमध्ये एक हो ।
यस घर अगाडि मानिसहरूको दैनिक भीड लाग्छ । तर शाहरूखलाई लाग्छ, यो सबै उनको स्टारडमका कारण मात्रै भएको होइन । उनको घर नै यस्तो ठाउँमा छ, जहाँ धेरै मानिसहरू घुम्न आउँछन् । यही मौकामा एकपटक रोकिएर पर्यटकहरूले उनको घरतर्फ हेर्छन् ।
‘मलाई लाग्छ सलमान, अमिताभ, आमिर सबैको घरनजिक उनीहरूका समर्थकहरू हुन्छन् । तर म भाग्यमानी छु किनभने मेरोमा धेरै मानिसहरू आउँछन्,’ उनले भनेका छन्, ‘मेरो घर नै लोकप्रिय स्थानमा छ ।’
शाहरूखले राम्रो ठाउँमा घर किन्न पाउँदा आफूलाई खुसी लागेको पनि बताए । उनको घर मुम्बईको बान्द्रा इलाकामा समुन्द्रनजिकै ब्यान्ड स्ट्यान्ड इलाकामा छ । (एजेन्सी)
































प्रतिक्रिया