केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौं ।
२ असारको मध्यान्ह एकजना चल्तीका अभिनेताले पत्रकार सम्मेलनमा ठूलो स्वर गर्दै यसो भने, ‘अझै १० वर्ष अघिको कुरा उठाउँदै हुनुहुन्छ ? बच्चा यत्रो भइसक्यो, अब तपाईंको प्रश्नको जवाफ मेरो छोरोले दिन्छ ।’
यस्तो संवाद बोल्ने अभिनेता अरु कोही नभएर निखिल उप्रेती हुन् भनेर बुझ्न कम से कम फिल्मकर्मीलाई चाहिँ गाह्रो पर्दैन होला । प्रसंग हो, फिल्म रुद्रको ‘ट्रेलर लञ्च’को ।
‘ट्रेलर लञ्च कार्यक्रममा पारिवारिक प्रसंग निकाल्ने ?’ निखिलको प्रतिप्रश्न थियो ।
दुई श्रीमतीका पति निखिलका दुवै तर्फबाट सन्तान भइसकेका छन् । अझ कान्छी सञ्चितातिर त दुईवटा बच्चा छन् । पत्रकारको प्रश्न यही सेरोफेरोमा केन्द्रित थियो । तर निखिललाई त्यो प्रश्न पटक्कै पचेन । र, उनी क्रोधित मुद्रामा प्रस्तुत भइहाले ।
फिल्म रुद्रमा निखिलको भूमिका खलनायकको छ । ‘रिल’मा खलचरित्र भए पनि ‘रियल’मा पनि त्यस्तै व्यवहार प्रदर्शन गर्न जरुरी हुन्छ र निखिलजी ??? सार्वजनिक मान्छे भएपछि सार्वजनिक प्रश्नसँग नतर्सिएकै जाती हुन्छ । होइन र ?





























प्रतिक्रिया