नेपाली लोकगीत क्षेत्रका सदाबहार गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको नयाँ गीत 'सारङ्गी र्याई र्याई' ले यतिबेला दर्शक, श्रोताको मन जित्न सफल भएको छ।
सार्वजनिक भएको केही दिनमै गीत अहिले युट्युबको ट्रेडिङ्ग वानमा आएको छ।
गायक शर्माकै शब्द संगीत रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालले अभिनय गरेका छन्।
गीतमा एरेन्ज सुनिल परियारको छ भने शब्द र लय गायक शर्माकै छ। छायांकन नवराज उप्रेती र सम्पादन प्रविन भट्टको छ । साइभिजन प्रालिले गीत निर्माण गरेको हो।
पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सांगितिक जोडीलाई दर्शकहरुले निकै रुचाएका छन् । 'सारङ्गी र्याई र्याई' को भिडियो यस्तो छ :





























प्रतिक्रिया