‘गल्ती के भो म बाट’ भन्दै आए गीतकार सुरेन्द्र महर्जन (भिडियोसहित)

‘गल्ती के भो म बाट’ भन्दै आए गीतकार सुरेन्द्र महर्जन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बिना गल्ती सजायँ कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ, उसलाई मात्रै थाहा हुन्छ। हुन पनि सत्य यस्तै छ। मायामा मिलन विछोड पनि हुने रहेछ। कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ संसार। 

संसारमा सुन्दर भनेकै माया हो, अनि क्रूर पनि माया नै हुनुपर्छ । कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ। सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि के हुन्छ? 

गीतकार सुरेन्द्र महर्जन 'अमर'को रचनामा यस्तो संसारभरी महामारी चल्दै गर्दा डरलाई त्यागेर सबैलाई मनोरञ्जन दिन तयार गरिएको 'गल्ती के भयो र म बाट' गीत स्टुडियो मेलोडी नेपालमा रेकर्डिङ र भिडियो सुटिङ्ग गरेर दर्शक स्रोता माझ ल्याइएको छ।

चिरञ्जीवी भण्डारीको स्वर र संगीत रहेको गीतको भिडियोमा मोडल चिरञ्जीवी र प्रमिलाको सुन्दर अभिनय रहेको छ। केशव विश्वकर्माबाट छायांकन गरिएको भिडियोमा निर्देशक धिरज खत्रीको निर्देशन रहेको छ। 

 

Logo