मिस नेवाः डंगोलले आश्रमका ४० बालबालिकालाई सहयोग गर्दै मनाइन् जन्मदिन

मिस नेवाः डंगोलले आश्रमका ४० बालबालिकालाई सहयोग गर्दै मनाइन् जन्मदिन


नेवाः सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकाका साथ मनाएकी छिन्।

मिस नेवाः ११३९ नितु डंगोलले शुक्रबार परेको आफ्नो जन्मदिन नयाँ वानेश्वरको संगमचोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन्। उनले आश्रममा आश्रित ४० बालबालिकाकाबीच केक काटेर जन्मदिन मनाइन्। 

सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरुलाई कपी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी थिइन्। डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन्।

आफ्नो जन्मदिन फजुल खर्च गरेर मनाउनुको सट्टा बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन्। डंगोलले मिस नेवाःको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फष्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन्।

Logo