सपुतको तीज गीत ट्रेन्डिङको शीर्ष स्थानमा

सपुतको तीज गीत ट्रेन्डिङको शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

गत शुक्रबार सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा साढे २२ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ ।

गायक सर्जक प्रकाश सपुतको रचना सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्माको मूख्य भूमिका रहेको छ । यासका साथै, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय रहेको छ । 

सपुतको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो । उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म युट्युबमा ८६ लाखभन्दा बढी पटक हेरिएको छ । सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन् ।

गायक सुपत र शान्तिश्री परियारद्वारा स्वरबद्ध ‘गलबन्दी’ले हालसम्म चार करोड ७१ लाखभन्दा बढी भ्यूज पाएको छ । रासस

Skip This
Logo