‘द भ्वाइस अफ नेपाल’ का विजेता किरणसहित पाँच जना सम्मानित

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरणसहित पाँच जना सम्मानित

केन्द्रबिन्दु
0
Shares

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता किरण गजमेर ‘राष्ट्रिय प्रतिभा सम्मान २०७८’ बाट सम्मानित भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बिच डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनले गजमेरलाई उक्त सम्मान प्रदान गरेको हो।

कार्यक्रममा गायिका टीका लामिछाने, गीतकार तथा संगीतकार खेम रिजाल र समाजसेवी रुद्र बानियाँले समेत उक्त सम्मान प्राप्त गरे। डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले सम्मानित सबैलाई खादा, फूलमाला र सम्मान पत्र प्रदान गरेका थिए।

सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’समेत प्रदान गरिएको थियो।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. श्रेष्ठले विभिन्न क्षेत्रमा रहेर राष्ट्रका लागि योगदान दिने ब्यक्तिलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले सम्मानित सबै ब्यक्तिको आगामी दिनको यात्राका लागि शुभकामनासमेत दिए।

बरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामाले सम्मानित ब्यक्तिहरुको विषयमा चर्चा गरेका थिए।

कार्यक्रममा डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेशनका महासचिव रजत श्रेष्ठ, भुटानिज अमेरिकन म्युजिक एसोसिएसनका अध्यक्ष तथा गीतकार संगीतकार खेम रिजाल, देउडा सम्राट नन्दकृष्ण जोशी, अन्तर्राष्ट्रिय मेटान धावक पुष्पलाल श्रेष्ठ, संगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार पारस मुकारुङ, प्राज्ञ तथा बरिष्ठ संगीतकार शान्तिराम राई, गीतकार संघका पूर्वअध्यक्ष तथा गीतकार चुडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, गणेश गुरुङ, गायक नारायण लामा, गायिका सत्यकला राई, गायिका पार्वती गुरुङ, गायिका आभा मुकारुङ, गायक रमेश बोखिम राई, शिक्षिका प्राथना खनाल, जसु लामा, बिभुषा लामा लगायतको उपस्थिती रहेको थियो।

डा.खगेन्द्र स्पोर्ट्स फाउन्डेशनले विगत लामो समयदेखि विभिन्न प्रेरणादायी कार्यहरु गर्दै आएको छ।

Skip This
Logo