पवनदीपले जिते इन्डियन आइडल सिजन-१२ को उपाधि

पवनदीपले जिते इन्डियन आइडल सिजन-१२ को उपाधि

केन्द्रबिन्दु
0
Shares

पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधी हात पारेका हुन्। 

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन् । योसँगै २४ वर्षे पवनदीप राजनले २५ हजार नगद तथा कार प्राप्त गरे। 

गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्। पवनदीपको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो। 

Skip This
Logo