चर्चित गायिका टीका प्रसाईंको ‘दाइजो’ सार्वजनिक (भिडियाेसहित)

चर्चित गायिका टीका प्रसाईंको ‘दाइजो’ सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायिका टीका प्रसाईंको 'दाइजो' गीत सार्वजनिक भएको छ।

दाइजोका कारण अझै पनि कैयाैँ नेपाली चेलीबेटीहरूले हिंसा तथा अपमान सहेर बस्नुपरेको स्थितिमा त्यसविरुद्ध सचेतना फैलाउने उद्देश्यले गीत सार्वजनिक भएकाे हाे।

गीत–संगीतमार्फत नेपाली समाजमा व्याप्त सामाजिक कुसंस्कारविरुद्ध आवाज उठाउँदै आएकी गायिका प्रसाईंकाे यस गीतमा गीतकार आनन्दरत्न बज्राचार्यको शब्द छ। 

राजु सिंहको संगीत रहेको गीतले समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने सन्देश दिएको छ।

गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ तथा मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन्। जस्केलो क्रिएसनले म्यूजिक भिडियाे तयार पारेको हो। गीत यस्ताे छः 

 

Skip This
Skip This
Logo