रिपाेर्टर्स क्लबमा कलाकारहरूकाे गाईजात्रे प्रस्तुति, नेताहरूमाथि तिखाे व्यंग्य (भिडियाे)

रिपाेर्टर्स क्लबमा कलाकारहरूकाे गाईजात्रे प्रस्तुति, नेताहरूमाथि तिखाे व्यंग्य (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

आज गाईजात्रा। नेपालका नेवार समूदायहरुको बाहुल्यता रहेका विभिन्न ठाउँमा धुमधामसँग गाइजात्रा मनाइएको छ। यसै अवसर पारेर सोमवार रिपोर्टर्स क्लव नेपालमा गाईजात्रा विशेष कार्यक्रम मनाइएको छ। 

कार्यक्रममा चर्चित हास्य कलाकार तथा साहित्यकारहरुले आफ्ना व्यंग्यात्मक रचना र प्रस्तुति दिएर गाईजात्रा मनाएका छन्। कलाकारहरुले देशको पछिल्लो स्थिती, राजनीति, समसामयिक विषय र नेताहरुको नक्कल (क्यारिकेचर) गरेर गाईजात्रा मनाएका छन्। कलाकारहरुले देशको राजनीतिक, समसामयिक र  विषयमाथि व्यंग्य गरेका छन्। 

कार्यक्रममा किरण केसी, दमन रुपाखेती, श्रीकृष्ण सिम्खडा, राजाराम पोखरेल, लक्ष्मण गाम्नाङे, शिवशंकर रिजाल लगायतका कलाकारहरु उपस्थित थिए। उनीहरुले नेपालमा वर्षदिन नै राजनीतिमा गाईजात्रा भएकोले यो गाईजात्रा फिक्का भएको व्यंग्य गरेका थिए। 

उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मानिस र गाईलाई गाई जस्तै गरी सिँगारेर शहर परिक्रमा गरे वर्ष दिन भित्र दिवंगत भएका आफन्तहरुले वैतरणी नदी पार गर्ने मान्यता अनुसार गाईजात्रा मनाइँदै आइएको छ। आजका दिन देशभरका विभिन्न स्थानमा रमाइलो कार्यक्रम गरेर र हास्यव्यंग्य गरेर गाईजात्रा मनाउने गरिन्छ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। गाईजात्रा पर्वको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।

 

Logo