रहेनन् जनगायक ‘जेबी टुहुरे’

रहेनन् जनगायक ‘जेबी टुहुरे’

केन्द्रबिन्दु
0
Shares

जनवादी गायक जेबी टुहुरेको निधन भएको छ। ७८ वर्षिय टुहुरेको बिहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

भाद्र १ गते दिउँसो अचानक स्ट्रोक भएपछि गम्भीर विरामी परेका टुहुरेको वल्खुस्थित वयोधा अस्पतालको सिसियु कक्षमा उपचार भइरहेको थियो। 

टुहुरे मधुमेह, उच्च रक्तचापसहितका दीर्घरोगबाट पनि पीडित थिए। दर्जनौं जनपक्षीय गीतमा आवाज भरेका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई…’ बोलको गीत हरेक नेपालीमा कर्णप्रिय छ।

Logo