सलमान खानको हत्या प्रयासको खबर झुटो

सलमान खानको हत्या प्रयासको खबर झुटो

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको खबर झुटो साबित भएको छ। 

भारतीय सञ्चार माध्यमकाअनुसार बलिउड लाइफका अनुसार सलमानमाथि कुनै आक्रमण भएको छैन । शुक्रबार उनीमाथि मुम्बईमा हत्याको प्रयास भएको भन्ने खबर बाहिरिएको थियो। तर सलमान हाल आफ्नो आगामी फिल्म ‘कभी इद कभी दिवाली’को छायांकनका लागि हैदराबादमा छन्। 

केही दिनअगाडि एक पत्रमार्फत सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की दिइएको थियो। उनीहरूलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गर्दै छानबिन प्रकृया सुरु गरेको थियो। मुम्बई पुलिसले उक्त पत्र ग्याङस्टार लोरेन्स बिश्नोईले पठाएको बताएका छन्। 

सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जान्छन्। उनी मर्निङ वाकबाट फर्किएपछि सधैँ बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनाडमा आराम गर्छन्। त्यही ठाउँमा उक्त पत्र राखिएको थियो। उक्त पत्रमा ’मुसेवालाको जस्तै हालत गरिदिन्छु’ लेखिएको थियो। सिद्धु मुसेवालाको केही दिनअगाडि गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए।

Logo