सिन्धुपाल्चोककी क्रिन्जीलाले जितिन ‘जुनियर मिस नेपाल २०२२’ को ताज

सिन्धुपाल्चोककी क्रिन्जीलाले जितिन ‘जुनियर मिस नेपाल २०२२’ को ताज


यस वर्षको जुुनियर मिस नेपाल २०२२ को उपाधी सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले जितेकी छन ।
फाईनल प्रवेश गरेका २० प्रतिस्पर्धीलाई उछिन्दै १२ वर्षिय क्रिन्जीला जुनियर मिस नेपाल बनेकी हुन। जुनियर मिस नेपालको ताजसंगै उनले ३ वटा टाइटल अवार्ड पनि  जितेकी छन। 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर समेत जितेकी हुन ।

चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छिन । जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यसपटक सुरबी प्रजापति बन्नुभयो । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो ।
 

Logo