पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

केन्द्रबिन्दु
0
Shares

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७९ प्रदान गर्ने भएको छ ।

हास्य व्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ ।
साहित्यिक विधागत पत्रिका अन्तर्गत ५० हजार राशीको बन्धु पन्त स्मृति सम्मान पुरस्कार वैजयन्ती साहित्यिक पत्रिकालाई प्रदान गरिने भएको छ । उपन्यासतर्फको रामराज पन्त स्मृति सम्मान पुरस्कार अन्तर्गत २५ हजार रुपैयाँ राशीको पुरस्कार मीरा गोतामेलाई दिइने भएको छ ।
यसैगरी नृत्यकलातर्फ १० हजार रुपैयाँ राशीको सदिच्छा बालप्रतिभा पुरस्कार कान्छी तामाङ, संस्कृतितर्फ १० हजार राशीको मैयाँ बासु पन्त स्मृति पुरस्कार प्राध्यापक डा. कल्पना श्रेष्ठलाई दिइने भएको छ ।

चित्रकलातर्फ तीसा श्रेष्ठ, समालोचनातर्फ ठाकुर शर्मा भण्डारी, अशक्तता तथा समाजसेवातर्फ छुल्ठिम शेर्पा र बाल साहित्यतर्फ शान्तादास मानन्धरलाई पुरस्कार दिइने भएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ नगद छ ।
साउन २० गते आयोजना हुने समारोहमा पुरस्कार वितरण हुने सदस्य सचिव अन्जु पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Logo