कोरोनासँग त्रास हाेइन संयमीत जरूरी

कोरोनासँग त्रास हाेइन संयमीत जरूरी


सृष्टिको आदिकालदेखि अनन्त कालसम्म नियाल्दा जन्म मृत्यु रहस्य एउटा महत्वपूर्ण मानकको रूपमा रहेको छ ।

अनन्तकोटी ब्रम्हाण्डमा अनन्त कोटी जीवहरू मध्ये धर्मशास्त्रका अलग र विज्ञानसम्मत अलग धारणाहरु मध्ये विज्ञानले पृथ्वीमा मात्र जीवको उपस्थितिको कुरा ब्यक्त गरेको पाइन्छ । धर्मशास्त्रले अनन्तकोटी ब्रम्हाण्डमा अनन्तकोटी जीवको बारेमा उल्लेख गरेको पाइन्छ ।

जन्म मृत्यु रहस्यका सन्दर्भमा अनन्तकोटी ब्रम्हाण्डका अनन्तकोटी जीवहरुमध्ये उनै परम कृपालु भगवानले कृपा गरेर मनुष्य जीवन प्रदान गर्नुहुन्छ त्यो नै जीवन वा जन्म हो भने कृयमाण्य कर्म र संचितकर्म एवं सुकर्म र कुकर्म गर्दै स्वर्ग, मर्त्य, नरक वा मुक्तिको बाटो तय गर्नु मृत्यु हो ।

देवदुर्लभ मनुष्य योनी नै त्यस्तो एउटा राजमार्ग हो जहाँबाट स्वर्ग नरक मुक्ति कुन बाटो अवलम्बन गर्ने हो त्यहि पाउन सक्ने कल्पबृक्ष समान छ । जीवात्माले सुकर्म गरेको खण्डमा उनै परम तत्व परमात्मामा लीन हुन् पनि सक्दछ । त्यसैले देवताहरूपनि मनुष्य योनी पाउनका लागि लालायित हुन्छन् भनिन्छ । किनकी देवयोनीमा कर्म गर्ने अधिकार पाइदैन र गरेपनि ‘फल’ मिल्दैन ।

कलियुगगमा कलौ केशव किर्तन पनि भनिन्छ । उनै परमात्माको नाम तेलधारा अबिच्छिन्न रुपध्यान सहित नाम स्मरण नै मुक्तिको बाटो निर्माण गर्ने राजमार्ग हो । यसै सम्बन्धमा बैदिककालिन कथनको उल्लेख गर्नु वाच्छनीय देखिन्छ जुन बिद्यमान परिप्रेक्षको कोरोनासंग पनि सम्बन्धित छ ।

वैदिककालीन सूत्र वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई मान्थे । एउटा त अदृश्य तत्वको रूपमा रहेको भगवान र अर्काे पुर्खाहरु । ऋग्वैदिक काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक शक्ति नै हो भन्ने मान्यता देखिन्छ ।

खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ, कूलपूजाको परम्परा । ऋग्वेदका कतिपय ऋचाहरुमा रुद्र (शिव) लाई धेरै नरिसाउन र आफूहरुबाट भएको गल्तीमा माफी दिन धेरै आग्रह गरिएको पाइन्छ ।

त्यसको लागि उनीहरुले क्षमा पूजाको रुपमा स्तुति, यज्ञ जस्ता शर्तहरु समेत राख्ने गरेको वैदिक ऋचाहरुमा उल्लेख छन् । सोही समयमा कुल देवताको रुपमा आफ्ना पितृहरुलाई समेत पूजा गर्न सुरू गरियो । कुलायनको रुपमा वैदिक साहित्यहरुमा यसको धेरै चर्चा गर्ने गरिन्छ ।

यसैगरी बर्तमान परिप्रेक्ष्यको कोरोना महामारी पनि मानिसहरुको अति भौतिकवादी प्रयोगको परिणाम: स्वरूप प्रकृति र जनसंख्याको संतुलनका लागि परमेश्वरको एक प्रयास पो हो कि ? तसर्थ जीवनको यो कठीन मोडमा अति भौतिकवादी चिन्तनलाई केही बिराम दिदै अध्यात्म चिन्तनतिर फर्किने पो हो कि ?

अन्त्यमा, यो आलेख पढेर यथोचित प्रतिक्रिया ब्यक्त गरि दिनु भएमा आभारी हुनेछु ।

 

Logo