हिन्दूराष्ट्रको पक्षमा कांग्रेसमा हस्ताक्षर सुरु, ओलीले प्रचण्डलाई दिए हुतीहाराको संज्ञा [भिडियाेसहित]

हिन्दूराष्ट्रको पक्षमा कांग्रेसमा हस्ताक्षर सुरु, ओलीले प्रचण्डलाई दिए हुतीहाराको संज्ञा [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले गरे हस्ताक्षर

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्।

गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वारमा राखिएको हस्ताक्षर संकलन कक्षमा अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब ९ सय जनाले हस्ताक्षर गरेको अभियानमा संलग्न नेताले बताएका छन्।

पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन्। कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ।

मन्त्री प्रकाश ज्वालालाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै ओलीले गरे चर्को आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै चर्को आलोचना गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै उनले सरकार आफैंले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हुतीहाराको संज्ञा दिएका हुन् ।उनले आयोगले दोषी देखाएका मन्त्रीले पद नछाडेर लोकलाज नराखेको पनि बताए।

अब नेपालीले भारतीय सीम कार्ड लिन भिसा लागेको पासपोर्ट नचाहिने

अब नेपालीले भारतीय सीम कार्ड लिन भिसा लागेको पासपोर्ट नचाहिने भएको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार नेपाली भारतमा रहँदा आफ्नो परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाउनेछन्।

पहिले प्राविधिक कारणले पाइँदैन थियो। भारतले विदेशीले भारतीय सिमकार्ड लिन भिसा लागेको पासपोर्ट नै चाहिने नयाँ नियम ल्याएपछि भारतमा रहेका नेपालीहरू मारमा परेका थिए।तर, राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको हो ।

रौतहटमा कर्फ्यू कडा

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले ५ बुँदे निर्णय गरेको छ। रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको विषयले वीरगञ्जमा पनि प्रदर्शन गरिएको थियो।

आझ बिहान ६ बजेदेखि विहान १० बजेसम्म कर्फ्यू खुकुलो पारेको थियो। तर, बिहान १० बजेदेखि पुनः कर्फ्यू कडा पारिएको छ। जिल्लाभित्र खुलमखुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुश निकाल्नेलगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गने सर्वदलीय बैठकले निर्णय गरेको छ।

सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। उक्त परिणामको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो। उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय प्रहरीले जनाएको छ।

नेपाल सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने

नेपाल सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ । नेपाली नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन् ।

उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन ६ फागुनको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

काठमाडौँको वायुको स्तर निकै अस्वस्थकर विन्दुमा

काठमाडौँको वायुको स्तर निकै अस्वस्थकर विन्दुमा पुगेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार वायु गुणस्तर २२९ पुगेको हो। वायुको गुणस्तर मापन गर्ने आइक्यु एअरका अनुसार काठमाडौँ विश्वको प्रदूषित सहरहरू मध्ये तेस्रो स्थानमा रहेको छ।

रसुवागढी जलविद्युत आयोजना सम्बद्ध उच्च पदस्थ कर्मचारी र सञ्चालकहरु अष्ट्रेलिया भ्रमणमा जाने

महँगो ऋणमा डुबेको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना सम्बद्ध उच्च पदस्थ कर्मचारी र सञ्चालकहरु अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीसम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक र कर्मचारीहरु दम्पतीसहित आगामी चैतमा कम्पनीकै तर्फबाट ‘रिफ्रेसमेन्ट’का लागि अष्ट्रेलिया भ्रमणमा जाने भएका हुन् ।

१११ मेगावाटको आयोजना आयोजना निर्माण सुरु भएको १० वर्षसम्म पनि बनिसकेको छैन । लक्ष्यअनुसार काम भएको भए यो आयोजना २०७४ मा नै सकिनुपर्ने हो । ६ वर्ष ढिला भइसकेको यो आयोजनामा १८ अर्ब ४१ करोड रुपैयाँ ब्याजबाहेकको खर्च भइसकेको छ भने पूँजीकृत हुने ब्याजसहितको खर्च करिब साढे २३ अर्ब पुगिसकेको छ ।

दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित भएका हुन्।

मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो । उनलाई बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए।

चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्कियाे

चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो।

रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै सङ्घीय राजधानी काठमाण्डौ लाने गरेको उहाँले जानकारी दिए ।

प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्याे

प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.०३ अंकले घटेर २०३४.७८ विन्दुमा बन्द भएको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले घटेको छ ।

अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। आज प्रि–ओपन सेसनमा ३१ स्टकको ९६२ कित्ता सेयर ५ लाख १२ हजार ४१० रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएका स्टकमध्ये १३ को मूल्य बढ्यो भने १५ वटाको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ ।

इजरायलले गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र सङ्घले जनायाे आपत्ति

इजरायलले गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको छ । राष्ट्रसङ्घले इजरायलले रफाहमा आक्रमण गरे यो निकै विनाशकारी घटना हुने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रफाहमा १० लाखभन्दा बढी शरणार्थी र स्थानीयसहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई राष्ट्रसङ्घले आग्रह गरेको खबरमा उल्लेख छ । यसअघि इजरायलले विद्रोही समूह हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० अर्थात् फागुन २७ गतेसम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको थियो।

क्यानडासँग नेपाल ए २ विकेटले विजयी

क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले। ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए। बसिर ५२ रनमा नटआउट रहे। यो जितसँगै नेपालले ३ खेलको शृंखला १–१ को बराबरी गरेको थियो। पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो।

Logo