आजको मौसम: चट्याङसहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

आजको मौसम: चट्याङसहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

बेलुका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

Logo