काठमाडौंका भित्ता चित्रहरुले रंगिएपछि सर्वसाधारण भन्छन्- ‘बालेनको जय होस्’ [भिडियाेसहित]

काठमाडौंका भित्ता चित्रहरुले रंगिएपछि सर्वसाधारण भन्छन्- ‘बालेनको जय होस्’ [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्न सुरु गरेको छ। सोही कार्ययोजनाअन्तर्गत अहिले सुन्धारा क्षेत्रमा मौलिक चित्र बनाउने कार्य भइरहेको छ।

यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरुमा चित्र कोर्ने महानगरको योजना छ।

बालेन शाहले २ वर्षअघि सम्पन्न स्थानिय निर्वाचनमा नै सुन्दर काठमाडौं महानगरको परिकल्पना गरेका थिए। उक्त परिकल्पनाको वास्तविक स्वरुप अहिले सार्वजनिक भित्ताहरुमा देखिन थालिएको हो।

सोही भित्ते चित्रहरुलाई देखेर स्थानीयवासी, सर्वसाधारण अहिले मोहित भइरहेका छन्। भित्तेचित्रको फोटो, भिडियो खिच्नेको पनि लाम लाग्ने गरेको छ। सोही विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु टोलीले स्थलगत भ्रमण गरी सर्वसाधारणको नजरमा मेयर बालेनको काम कस्तो छ भनी उनीहरुको धारणा लिएका छौं। के भन्छन् त सर्वसाधारण ?

हेरौं एक रिपोर्ट–

Logo