पूर्वउपराष्ट्रपतिका छोरा पुन ४ लाख तिर्न नसेकर जेलमा, नेपालको एशिया कप खेल्ने सपना चक्नाचुर [भिडियाेसहित]

पूर्वउपराष्ट्रपतिका छोरा पुन ४ लाख तिर्न नसेकर जेलमा, नेपालको एशिया कप खेल्ने सपना चक्नाचुर [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

नेपाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियाे

नेपाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनिएको छ। मुख्यमन्त्री नियुक्ति र त्यसपछिका प्रक्रियामा प्रदेश प्रमुखहरूले असंवैधानिक कार्य गरेको कांग्रेसले बताएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले असंवैधानिक कार्य गरेको भन्दै पार्टीले राजनीतिक र कानुनीरुपमा विरोध गर्ने बताए । प्रदेश प्रमुखहरूले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको महतले बताए ।

नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने

नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष वक्ताका रूपमा आमन्त्रण गरेको जानकारी दिए । उक्त कार्यक्रममा नेकपा एमालेको ७५ वर्षको आरोह अवरोह र इतिहास झल्कने भिडियो सामग्री प्रस्तुत गरिने छ । कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने एमालेले जनाएको छ। उक्त व्यक्तिको नाम १० गते नै सार्वजनिक गर्ने एमालेले जनाएको छ । नेकपा एमालेले २००६ सालमा पार्टी स्थापना भएको मानेर यो वर्ष हीरक महोत्सव मनाउन लागेको हो।

प्रतिनिधिसभा सदस्यमा हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ

जनता समाजवादी पार्टी नेपाल(जसपा) बाट प्रतिनिधिसभा सदस्यमा हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। खानलाई सभामुख देवराज घिमिरेले शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ गराएका हुन्। जसपाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उनको स्थानमा जसपाले खानको नाम सिफारिस गरेको थियो।

इमानको सम्पत्ति बोकेर हिँडिरहेकाे छुः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका मिलन लिम्बूलाई भोट माग्दै आफू इमानको सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन्। उनले बैमानहरुको बीचमा इमान्दारिताको प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक नभएको पनि बताए। त्यस्तै, उनले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्वपूर्ण कदम चालिरहेको बताउदै इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार लिम्बूलाई जिताउन आग्रह समेत गरेका छन् ।

वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए।

कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउने प्रयोजनका लागि दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। योसँगै मुख्यमन्त्री कार्कीले बैशाख २५ गतेभित्र विश्वासको मतलिनुपर्ने नभए राजीनामा दिनुपर्ने बाध्यता आइपरेको हो। एमाले, माओवादीलगायतका प्रतिपक्षी दलहरुले ल्याएको संकल्प प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यहरूले पारित गर्दै मुख्यमन्त्री कार्कीलाई विश्वासको बैशाख २५ गतेभित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिएको हो। आज पारित भएको प्रस्तावको पक्षमा ५२ सांसदले मत दिएका थिएभने विपक्षमा रहेका प्रदेशसभा सांसदहरुले मत दिन चाहेनन्। ३ जना प्रदेशसभा सदस्य भने तटस्थ रहेको प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले बताएका छन् ।
बिहीबारबाट सुरु भएको प्रदेश सभाको विशेष बैठकमा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक र एमालेकै किशोरचन्द्र दुलाल तथा माओवादी केन्द्रका गणेश उप्रेती समर्थक रहेर संकल्प प्रस्ताव पेश गरेका थिए।

रकम तिर्न नसक्दा दीपेश पुन जेल चलान

बचतकर्ताको १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूमध्ये ओमप्रकाश गुरुङलाई मात्रै थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको थुनछेक आदेश आएको छ । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये २८ जनामध्ये पक्राउ परेका ७ जनाबाट गुरुङलाई मात्रै थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश शुक्रवार दिउसो आएको हो । १ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश आएको थियो तर उनले उक्त रकम तिर्न नसक्दा जेल चलान भएका छन् ।

अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १२ परिवारले अनशन थाले

शुक्रबार दिउँसोदेखि रुसको युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था गर्न माग गर्दै रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १२ परिवारले अनशन थालेका छन्। उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारका साथै रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखीएको अवस्थामा शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

एसीसी प्रिमियर कप कपको सेमिफाइनलबाट नेपाल बाहिरियाे

युएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ। आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर प्रदर्शन गर्याे। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोड्न सक्यो। जवाफी ब्याटिगंमा उत्रेको युएईले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै नेपालले दिएको लक्ष्य पुरा गर्यो। योसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसिया कप खेल्ने सम्भावनापनि समाप्त भएको छ।

Logo