काठमाडौंको भित्ता रंगाई रहेका चित्रकार भन्छन्- ‘बालेनको जस्तो भिजन भएको नेता देशभर आवश्यक छ’ [भिडियाे] 

काठमाडौंको भित्ता रंगाई रहेका चित्रकार भन्छन्- ‘बालेनको जस्तो भिजन भएको नेता देशभर आवश्यक छ’ [भिडियाे] 

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरूमा चित्र कोर्न सुरु गरेको छ।

सोही कार्ययोजना अन्तर्गत अहिले सुनधारा क्षेत्रमा मौलिक चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोर्ने महानगरको योजना रहेको छ।

काठमाडौं महानगरपालिका अनुसार महानगरले ५० लाख खर्चेर सार्वजनिक स्थलहरूको सुन्दरताका लागि भित्ते चित्र बनाउन थालेको हो। महानगका मेयर बालेन्द्र साह (बालेन) ले २ वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा नै सुन्दर महानगरको परिकल्पना गरेका थिए। उक्त परिकल्पनाको वास्तविक स्वरुप अहिले सार्वजनिक भित्ताहरूमा देखिन थालिएको हो।

सुनधारा क्षेत्रका भित्तामा आकर्षक चित्रहरू बन्दा विभिन्न ठाउँमा घुम्न, हेर्न आउँने साथै चित्रको अगाडि बसेर तस्बिर खिच्नेहरूको पनि घुइँचो लाग्ने गरेको छ।

सोही भित्तोहरूमा चित्र कोरिरहेका चित्रकारहरूलाई उनीहरूको सिप, कार्य दक्षता, चित्रको छनौट, कार्यप्रति लगाव र महानगर प्रमुख बालेन शाहको कार्यप्रति उनीहरूको धारणाका केन्द्रबिन्दु टिमले बुझेको छ। के भन्छन् चित्रकारहरू?

एक रिपोर्ट–

Logo