उपनिर्वाचनका दिन पनि सार्वजनिक यातायात सञ्चालन हुने

उपनिर्वाचनका दिन पनि सार्वजनिक यातायात सञ्चालन हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्।

शुक्रबार निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको छ। आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगले जनाएको छ।

यी हुन् उपनिर्वाचनको दिन पनि नरोकिने सवारी साधन-

बिरामी बोकेको एम्बुलेन्स,
खानेपानीको ट्याङ्कर,
दुध बोक्ने सवारी साधन,
दमकल,
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
शव वाहन,
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,
कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

Logo