चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चौथो सांग्रिला साइकल र्‍याली यही २०८३ जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्‍याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो ।

र्‍याली, काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने छ । विहान ७ बजे शुरु हुने र्‍यालीमा सहभागी हुन ह्वाट्स नम्बर ९८६३५८९००१ मा चभनष्कतचबतष्यल लेखि पठाएर वा

साइटको लिंकमा गएर वा तस्बिरमा रहेको क्यूआर कोडमा स्क्यान गरेर नाम दर्ता गराउन सकिने छ । र्‍यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल तथा अन्य विभिन्न उपहार प्रदान गरिनेछ ।

वातावरणको संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पु¥याउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पहिलो, दोश्रो र तेश्रो साइकल ¥याली आयोजना गरिसकेको छ ।

Skip This
Skip This
Logo