इलाममा नक्कली मतदान, ४ जना नियन्त्रणमा

इलाममा नक्कली मतदान, ४ जना नियन्त्रणमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आज(शनिबार) इलाममा भइरहेको उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान भएको छ।

इलाम-२ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएको प्रहरीले जनाएको छ।

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको प्रहरीले जनाएको छ।

सो कार्यमा संलग्न ४ जना महिला र त्यो समूहले प्रयोग गरेका सामग्री प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

Logo