आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङ्गमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन्।

प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरु सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन्।

थपलियाले भने,‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङ्गमा १५ प्रतिशत मत खसिसकेको छ। ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रवन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भैरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए।

Logo