इलाममा मतगणना आजैदेखि, बझाङको भोलि मात्रै

इलाममा मतगणना आजैदेखि, बझाङको भोलि मात्रै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । आज(शनिबार) भइरहेको उपनिर्वाचनको मतगणना इलाममा आजैदेखि गर्ने तयारी गरिएको छ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा इलाम–२ को मतगणना आज राति १० बजेदेखि गर्ने तयारी गरिएको हो।

अहिले मतदान जारी रहेपनि मतदान सकिने समय ५ बजेपछि मतपेटीकाहरू संकलन गरेर इलामको गौतमबुद्ध सम्मेलन केन्द्रमा पुगाइने मतगणना सुरू गरिने निर्वाचन आयोगले जनाएको छ।

मतगणनाका निम्ति आवश्यक कार्यहरू भइरहेको आयोगले जनाएको छ।

बझाङ प्रदेशसभा (१)को मतगणना भने भोलिदेखि गरिने बताइएको छ।

Logo