इलाम २ मा ५७ प्रतिशत मतदान

इलाम २ मा ५७ प्रतिशत मतदान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ।

प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा सम्पन्न भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा करिब ६६ हजारले मतदान गरेको आयोगले जनाएको हो।

४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ। यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट मतदान भएको थियो।

इलाम-२ को मतगणना राति १० बजेदेखि नै गर्ने तयारी गरिहेको आयोगले जनाएको छ।

अहिले मतपेटिका रुजु गरी संकलन गर्ने काम भइरहेको छ।

Logo