बागमतीमा आजदेखि तामाङ र नेपाल भाषापनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषापनि सरकारी कामकाजको भाषा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन्।

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए।

उनका अनुसार सोमबार काठमाडौंमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ।

प्रदेश मन्त्रिपरिषद्को बैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

सोमबार काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ

Logo