दिवंगत माताको सम्मान गर्न भेला भएका सन्तति [फोटो फिचर]

दिवंगत माताको सम्मान गर्न भेला भएका सन्तति [फोटो फिचर]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन।

काठमाडौंको मातातीर्थ मन्दिरमा दिवंगत माताको सम्झना गर्दै यो दिवस मनाइँदैछ। जीवित तथा दिवंगत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ।

आमा हुने सन्ततिले आमाको सम्मानमा मीठा मीठा परिकार, भोजन गराएर उपहार दिई आमाको आर्शर्वाद लिने गर्दछन्।

आमा गुमाईसकेका सन्ततिले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन्। औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने विश्वास छ।

यही विश्वास र मान्यताको निरन्तरता स्वरुप आज बिहानैबाट मातातीर्थ मन्दिरमा मेला लागेको छ।

Skip This
Logo