आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

केन्द्रबिन्दु
18
Shares

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार जनएको छ ।

जसअनुसार शनिबार बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। यस्तै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि साधरणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo