आजको मौसम पूर्वानुमानः कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ ।

आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, बिहीबार बेलुका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Logo