मनसुनी विपद्मा परी १९३ जनाको मृत्युः ४९ बेपत्ता, ३ सय ८४ घर डुबानमा

मनसुनी विपद्मा परी १९३ जनाको मृत्युः ४९ बेपत्ता, ३ सय ८४ घर डुबानमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । मनसुनी वर्षा सुरु भएदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका प्राकृतिक विपद्मा परी मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४१ जना घाइते भएका छन् ।

यस्तै, काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय ३३ वटा घर, १ सय १६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल ८ सय ७० वटा पशुचौपायको मृत्यु भएको छ भने विपद्का घटनाबाट ४ हजार ८ सय ४२ परिवार विस्थापित भएका छन् ।

Skip This
Skip This
Logo