काभ्रे l काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ ।
काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए । फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन् । सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ ।
तिहारमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फुलको माला लगाइदिने गर्दछन् । तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ ।












































प्रतिक्रिया