काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन

काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही घटेको छ ।

बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौँको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।

मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।

Logo