युद्धविराम र बन्दी रिहाका लागि हमास तयार, विपिनको अवस्था खुल्ने संकेत

युद्धविराम र बन्दी रिहाका लागि हमास तयार, विपिनको अवस्था खुल्ने संकेत

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू ९जीवित वा मृत० अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।

हमासले अमेरिकी राष्ट्रपति ट्रम्पले यस हप्ता प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको केही भागहरूमा थप वार्ता आवश्यक रहेको जनाएको छ । अल जजीराको रिपोर्टअनुसार हमासबाट आएको जवाफमा हतियार छोड्ने कुरा उल्लेख गरिएको छैन ।

हमासको घोषणापछि ट्रम्पले इजरायललाई तुरुन्तै गाजामा हमला बन्द गर्न भनेका छन् । प्रतिक्रियामा इजरायलले पनि ट्रम्पको गाजा योजनामा काम गर्न तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा इजरायल ट्रम्पको योजनाको पहिलो चरण लागू गर्न तयार रहेको उल्लेख छ । त्यसको लागि इजरायल ट्रम्प र उनको टिमसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्ने पनि उल्लेख छ ।

यसैगरी इजरायल गाजामा आक्रमण रोक्न तयार भएको छ। इजरायली सेनाको रेडियोका अनुसार सरकारले सेनालाई गाजामा कब्जा गर्ने कारबाही रोकेर आवश्यक परेका अवस्थामा मात्रै अगाडि बढ्ने आदेश दिएको छ।

हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।

बन्दीहरू युद्धविराम लागू भएको ७२ घण्टाभित्र भित्र रिहा गरिनेछन् र बदलामा २,००० भन्दा बढी प्यालेस्टिनी सुरक्षा कैदीहरू र मारिएका गाजावासीहरूको शव फिर्ता गरिनेछ ।

त्यसपछि इजरायलले गाजाबाट आफ्नो फिर्ताको पहिलो चरण पूरा गर्नेछ । बन्धकहरू तब मात्रै रिहा गरिनेछन् जब आवश्यक परिस्थितिहरू तयार हुनेछन्। यद्यपि हमासले ती परिस्थितिहरूबारे अरू केही खुलाएका छैनन् ।

हमासको घोषणा पश्चात् ट्रम्पले भिडियो सन्देश जारी गरी यसलाई विशेष दिन भनेका छन्। उनले अझै धेरै मुद्दाहरूमा काम बाँकी रहेको उल्लेख गरेका छन् । उनले बन्धकहरू छिट्टै घर फर्कने क्षणको प्रतिक्षा गरिरहेका बताए । बन्धक छिट्टै आफ्ना आमाबुवाको नजिक फर्किऊन भनेर चाहिरहेको ट्रम्पले बताएका छन् ।

यसअघि ट्रम्पले शुक्रबार हमासलाई आइतबारसम्म युद्धविराम योजना स्वीकार्न चेतावनी दिएका थिए। ट्रम्पले सामाजिक सञ्जालमा गरिएको पोस्टमा सम्झौता मान्न तयार नभए हमास विरुद्ध यसअघि कहिल्यै नदेखिएको कदम चाल्ने धम्की दिएका थिए ।

Logo