काठमाडौं। उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिदैंछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारविरूद्द उजुरी नपरेको जनाएको थियो । हिजै साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।…