गोरखा। यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए । उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि…