काठमाडौँ । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्राको आयोजना गरेको छ । इस्कोन चावहिल शाखाले प्रत्येक वर्षको मङ्सिर महिनाको शनिबार पारेर राजधानीमा रथयात्रा गर्खै आएको छ । द्वापरयुगमा गोपिनीले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा निकाल्न सुरु गरिएको इस्कोन…