नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ। समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको…