सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन्। स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए। “प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ,…