नेपाल वायु सेवा निगमले तीन वटा जहाज किन्ने प्रक्रिया अघि बढेको छ । जहाज खरिद सम्भावना अध्ययन उपसमितिले तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएसँगै निगमले जहाज खरिदको प्रक्रिया अघि बढाएको हो । वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको सञ्चालक समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस…